Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

चितवनमा जंगली जनावरको आक्रमणबाट एक जनाको मृत्यु

भरतपुर महानगरपालिका–११ मा जङ्गली जनावरको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कैलाश टोल निवासी ५१ वर्षीय चाथर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार निगुरो र च्याउ टिप्न नवजागृति सामुदायिक वनमा गएका कुमाललाई जङ्गली जनावरले आक्रमण गरेको थियो । जङ्गली जनावरको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

बिहान ११ः३० बजे सामुदायिक वनमा गएका कुमाललाई जङ्गली जनावरले दिउँसो ५ः३० बजे आक्रमण गरेको थियो । कुन जनावरले आक्रमण गरेको भन्ने कुरा पुष्टि हुन नसकेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com