Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

क्रोएसियासँगको हारपछि नेयमारले भने, ‘यो हार लामो समयसम्म याद रहनेछ’

फिफा विश्वकपको सेमिफाइनल पुग्ने आफ्नो सपना चकनाचुर भएपछि ब्राजिलका चर्चित फुटबल खेलाडी नेयमारले यो हार लामो समयसम्म याद रहिरहने बताएका छन् ।

सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै उनले लेखेका छन्, ‘यो हारपछि म मानसिक रूपमा टुटेको छु । यो यस्तो हार हो जसले मलाई सबैभन्दा बढी चोट पुर्‍याएको छ । दुःखको कुरा हो तर यो हार मलाई लामो समयसम्म याद रहनेछ ।’

‘मैले खेल सकिएपछि १० मिनेटसम्म केही सोच्न सकिनँ, मलाई सुरुमा पक्षाघात भएको जस्तो भयो र त्यसपछि म रुन थालेँ ।’
उनले थपेका छन्, ‘हामी अन्तिमसम्म लड्यौं । मलाई मेरा सहकर्मीहरूप्रति गर्व छ किनभने हाम्रो इच्छा र प्रयासको कमी थिएन । हामी जित्नका हकदार थियौं तर सायद यो ईश्वरको इच्छा थिएन ।’

नेमारले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो टोली र भगवानलाई धन्यवाद दिँदै हारको पीडा बिर्सन नसक्ने लेखेका छन् ।
नेयमार अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा समावेश छन् ।

१२४ खेलमा ७७ गोल गर्दै उनले चर्चित फुटबल खेलाडी पेलेको बराबरी गरेका छन् । यद्यपि पेलेले ९२ खेलमा ७७ गोल गरेका छन् ।
शुक्रबार भएको फिफा विश्वकपको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई ४–२ गोल अन्तरले पराजित गरेको छ ।

क्रोएसियाको यो प्रदर्शन विश्वभरका खेलप्रेमीका लागि स्तब्ध थियो । हारसँगै ब्राजिल विश्वकपबाट बाहिरिएको छ ।
खेलमा दुवै टोलीले १–१ गोल ​​गरेका थिए । यो खेलको पहिलो गोल नेयमारले गर्दा ब्राजिल सेमिफाइनलमा जान तयार भएको देखिन थालेको थियो तर क्रोएसियाका पेटकोभिकको गोलले खेलको बाटो नै बदल्यो र खेल ब्राजिलको हातबाट बाहिर गयो ।

नतिजाका लागि पेनाल्टिको सहारा लिइयो । दुवै टोलीले ४–४ पेनाल्टी सुट पाएका थिए । क्रोएसियाले चारवटै पेनाल्टी गोल गर्यो भने ब्राजिलले दुई पेनाल्टी गोल गुमाएपछि विश्वकपबाट बाहिरियो ।

खेल सकिएपछि नेयमार मैदानमा बसेर रुन थाले । उनले आफ्नो हातले अनुहार लुकाइरहेका थिए । मैदानबाट निस्कँदा पनि उनी रोइरहेका थिए ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com