सुनिता थापालाइ सांसद बनाउने कांग्रेसको निर्णय
मंसिर, २४ काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फको रिक्त रहेको गण्डकी प्रदेशसभा सदस्य पदमा स्याङ्जाकी सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ ।
आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले रिक्त स्थानमा पदपूपर्तिका लागि निर्वाचनमा आयोगमा भएको बन्दसूचीको क्रमसंख्याअनुसार उनको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए ।