Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

सैनिक कारबाहीमा तीन जना प्यालेष्टिनीको मृत्यु

नाब्लस । आज यहाँ भएको सैनिक कारबाहीमा तीन जना प्यालेष्टिनी बन्दुकधारी मारिएका छन् । नाब्लस नजिकैको उत्तरी वेस्ट बैंकमा इजरायली सैनिकमाथि गोली प्रहार गरेपछि भएको प्रतिकारमा ती प्यालेष्टिनी मारिएका इजरायली सेनाले जनाएको छ ।

“तीन जना बन्दुकधारीले सैनिक अधिकारीमाथि गोली प्रहार गरेपछि उनीहरूलाई निष्प्रभावी तुल्याउन जवाफी कारबाही गरिएको थियो । त्यसक्रममा तीन जना मारिएका तथा एक जना बन्दुकधारीले आत्मसमर्पण गरेको छ,” इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गत वर्षदेखि इजरायल र प्यालेष्टाइनबीच पुनः द्वन्द्व चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुल दक्षिणपन्थी दलहरूको सहयोगमा गत डिसेम्बरमा सत्ता गठबन्धन गरेपछि वेस्ट बैंकको अवस्था ज्यादै खराब भएको छ । यो वर्षको प्रारम्भदेखि भड्किएको द्वन्द्वमा परी बालबालिकासहित ८१ जनाको मृत्यु भएको छ ।

दुवै पक्षका आधिकारिक स्रोतमा आधारित एएफपीको तथ्याङ्कअनुसार सोही अवधिमा तीन जना बालबालिका र एक प्रहरीसहित १२ जना इजरायली र एक जना युक्रेनी नागरिक मारिएका छन् । (रासस /एएफपी)

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com