Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु

साउन, २१ काठमाडौं । सल्यानमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ।
शारदा नगरपालिका-४ साइलाकम्दकी ४ वर्षीया जोशना बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काका अनुसार प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा हिजो दिउँसो साढे १२ बजेतिर बालिकाको मृत्यु भएको हो।

उनको जिल्ला अस्पताल सल्यानमा उपचार सम्भव नभएपछि शनिबार बिहान सवा ७ बजेतिर प्रादेशिक अस्पताल सुर्खेतमा रिफर गरिएको थियो।

शुक्रबार बेलुका जंगलबाट च्याउ घरमा ल्याइ पकाएर खाएका मध्ये ४० वर्षीया मिना बस्नेत, उनकी छोरी २५ वर्षीया पबित्रा बस्नेत, सोही ठाउँका केशर बस्नेत र उनका ९ वर्षीय छोरा जोन बस्नेत बिरामी छन्।
मृतक बालिका पनि केशरकी छोरी रहेको डिएसपी खड्काले जानकारी दिए।

जंगली च्याउको तरकारी खाएका उनीहरू बिरामी परेपनि आज बिहान ६ बजेतिर मात्रै जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिएको थियो।

जोन बस्नेत र जोशना बस्नेतलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो। जसमध्ये जोशनाको मृत्यु भइसकेको छ। जोनको भने सुर्खेतमा उपचार जारी छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com