Yeti Khabar

२०८१ बैशाख ७, शुक्रबार - Fri Apr, 2024 -

प्रहरी जवान उर्मिला श्रेष्ठले सेवाकै दौरान ज्यान गुमाईन

काठमाडौ ७ चैत। राजनीतिक आवरणमा हुने भीडन्तको कुनै घटना पनि थिएन। यही ‘शान्त बेला’मा प्रहरी जवान उर्मिला श्रेष्ठले सेवाकै दौरान हिजो मोरङको लेटाङमा ज्यान गमाइकि छीन उनी अढाई वर्षदेखि प्रहरी सेवामा कार्यरत थिइन्।
‘दाइ, पति सबै प्रहरीमै हुनुहुन्छ कोशी अस्पताल परिसरमा आज बिहान प्रहरीहरू भन्दै थिए, ‘उहाँहरू कोही बोल्न सक्ने अवस्थामा हुनुहुन्न।

हिजो मोरङको लेटाङ नगरपालिका ५ मा स्थानीयको आक्रमणबाट मारिएकी प्रहरी जवान उर्मिला २०७६ साउन १ गते सेवामा प्रवेश गरकी थिइन
१ नम्बर प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरमा दरबन्दी भएकी उर्मिलासहितको टोली हिजो दिउँसो लेटाङतर्फ गएको थियो।

तराईको होलीको दिन चैत ४ मा शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले आफ्नै छात्रालाई घरैमा गएर दुर्व्यवहार गरेपछि आइतबार विद्यार्थी र स्थानीय आन्दोलित भएका हुन

एकाएक अवस्था असामान्य बन्दै गएपछि मोरङ प्रहरीले १ नं प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरबाट ५० जनाको थप मद्दत झिकाएको थियो। त्यही टोलीमा उर्मिला पनि लेटाङ पुगेकी थिइन्।

यौन दुर्व्यवहारका आरोपी शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीले आरोपित शिक्षकलाई नियन्त्रणमा लियो तर । यता भने गाउँलेहरू प्रहरीले उनलाई बचाउन लागेको भन्दै थप आक्रोशित भएका थिय।

दिउँसो एक बजे नै घटनास्थल पुगेको प्रहरीलाई स्थानीयबासीले दिनभरजसो छेके। साँझतिर झडप सुरू भएको थियो। त्यही क्रममा भीडबाट कसैले उर्मिलाको घाँटीमा चक्कु प्रहार गरेको प्रहरी भनाइ रहेको छ ।
झडपका क्रममा एक्कासी उर्मिला ‘ऐय्या’ भनेर चिच्याएको आवाज आएको प्रहरीहरूले बताएका छन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com