Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

काठमाडौं मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायम

वैशाख,३१ काठमाडौं । काठमाडौं महानगरपालिकाको नयाँ मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् ।

उनले ७६८ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५५० र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जंना सिंहले ४२१ मत पाएकी छन् ।

त्यस्तै राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले १०५ र विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले १६ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनीता डंगोलले ९२० मत पाएकी छन् भने नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २८६ मत पाएका छन् । राप्रपाकी विनिता मगौयाले २०८ मत पाएकी छन् ।

निर्वाचन कार्यालयका अनुसार हाल काठमाडौं महानगरपालिकाको ५ वटा वडाको मतगणना भइरहेको छ । जसमध्ये वडा नम्बर ३२ को ७००, वडा नम्बर १ को ७१०, वडा नम्बर २ को ४८०, वडा नम्बर ३ र ४ को २००–२०० मत गणना सकिएको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com