Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

प्रहरी-कर्मचारी कुटपिट प्रकरणः असईलाई निलम्बन र अध्यागमन अधिकृतलाई विभागीय कारबाहीको सिफारिस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र कर्मचारीबीच भएको कुटाकुटको घटनाको छानबिनका लागि गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।

गत शुक्रबार विमानस्थलमा जाँच गर्ने क्रममा प्रहरी र अध्यागमनका कर्मचारीबीच कुटाकुट भएको थियो । विमानस्थलमा कार्यरत प्रहरी र कर्मचारीबीच कुटाकुट भएपछि १२ माघमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित छानबिन समितिमा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जिसी सदस्य थिए ।

उक्त छानबिन समितिले बुधबार मन्त्रालयमा प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदनमा विमानस्थलमा कार्यरत असई संजय तामाङलाई निलम्बनको सिफारिस गरिएको स्रोतले जानकारी दिएको छ । यसका साथै समितिले अध्यागमन अधिकृत छायाँलाल मोक्तानलाई पनि विमानस्थलबाट हटाउन सिफारिस गरिएको छ ।

स्रोतका अनुसार मोक्तालाई विमानस्थलबाट मन्त्रालय तानेर आचरणको कारबाही गर्न सिफारिस गरेको छ । त्यस्तै प्रहरी जवानद्वय रवि रञ्जन गुप्ता र राजकुमार महतोलाई पनि समितिले विभागीय कारबाहीको सिफारिस गरेको छ भने डीएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन भनिएको छ । शिलापत्र

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com