Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

बेलायती सरकारी उपकरणमा टिकटक प्रतिबन्धित

बेलायती सरकारले आफ्ना मन्त्रीहरूलाई सामाजिक सञ्जाल एप टिकटक आफ्नो कामका फोन र डिभाइसहरूमा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।
सरकारी फोनमा राखिएको संवेदनशील डाटा चिनियाँ सरकारले आफ्नो स्वामित्वमा रहेको टिकटकबाट पहुँच गर्न सक्ने भन्दै बेलायती सरकारले यस्तो निर्णय गरेको बिबिसीले जनाएको छ।

क्याबिनेट मन्त्री ओलिभर डाउडेनले प्रतिबन्ध एक सावधानी कदम भएकाले तत्कालै लागु हुने बताए।
यसैबीच चीनले टिकटकले प्रयोगकर्ताको डाटा चिनियाँ सरकारलाई हस्तान्तरण हुने कुराको खण्डन गरेको छ।

लन्डनस्थित चिनियाँ दूतावासले बेलायती सरकारको यो कदम तथ्यको सट्टा राजनीतिबाट प्रेरित भएको भन्दै बेलायतको व्यापारिक वातावरणमा अन्तर्राष्ट्रिय समुदायको विश्वासलाई कमजोर बनाउने काम गरेको बताएको छ।अमेरिका र युरोपेली युनियनलाई पछ्याउँदै सरकारी उपकरणमा भिडियो सेयरिङ एप प्रतिबन्ध लगाउन प्रधानमन्त्री ऋषि सुनकलाई सांसदहरूले सुझाव दिएका थिए।

तर सरकारी विभाग र मन्त्रीहरूले आफ्ना कुराहरू युवामाझ पुर्‍याउन भरपर्दो माध्यमका रूमा टिकटकलाई लिएका थिए।
सोमबार संयुक्त राज्य अमेरिकाको भ्रमणका क्रममा सुनकले सरकारले उपकरणहरूको सुरक्षालाई गम्भीरतापूर्वक लिएको भन्दै आफ्ना सहयोगीहरूले के गरिरहेका छन् भनेर हेरिरहेको बताएका थिए।

सन्डे टाइम्सका अनुसार गत साता साइबर सुरक्षा विज्ञहरूले सरकारलाई टिकटक हटाउन सिफारिस गरेका थिए।
आधिकारिक उपकरणहरूमा एपको बेलायती प्रतिबन्धलाई युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकाले पनि पछ्याउने सम्भावना छ।
टिकटकको चिनियाँ मूल कम्पनी बाइटडान्सले बेइजिङबाट प्रभावित भएको दाबी अन्तर्राष्ट्रिय समुदायले गर्दै आएका छन्।
चीनको बाइटडान्सको स्वामित्वमा रहेको टिकटक लामो समयदेखि चीनमा डाटा नराख्ने वा बेइजिङसँग साझेदारी नगर्ने स्पष्ट पार्दै आएको छ।

अमेरिकी अधिकारीहरूले टिकटकले बाइटडान्ससँग सम्बन्ध विच्छेद गरेमा व्यापक राष्ट्रिय प्रतिबन्धबाट बच्नेसमेत बताएका छन्।
यसैबीच बेइजिङस्थित विदेश मन्त्रालयले वासिङ्टनलाई टिकटकलाई ‘अनुचित रूपमा दबाउने’ काम बन्द गर्न आग्रह गरेको छ।

टिकटकले अमेरिकाको राष्ट्रिय सुरक्षालाई खतरामा पार्छ भन्ने प्रमाण प्रस्तुत गर्न अमेरिका अहिलेसम्म असफल भएको प्रवक्ता वाङ वेनबिनले भने।
वी आर सोशल मार्केटिंग एजेन्सीका अनुसार एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरूको साथ यो विश्वमा छैटौं सबैभन्दा बढी प्रयोग गरिएको सामाजिक प्लेटफर्म हो ।

यद्यपि मेटाको फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको लामो समयदेखिको ख्यातीलाई अझै टिकटकले भेट्न सकेको छैन तर युवाहरूमा यसको वृद्धिले यसको प्रतिस्पर्धीहरूलाई धेरै पछाडि पार्ने निश्चित देखिएको छ ।

वालरु एजेन्सीका अनुसार टिकटक प्रयोगकर्तामध्ये एक तिहाइ १० देखि १९ वर्ष उमेर समूहका छन्। यसको तीव्र वृद्धिले गत वर्ष विज्ञापन राजस्वमा ११ अर्ब अमेरिकी डलरभन्दा बढी योगदान गरेको थियो। यो एक वर्षमा तीन गुणाभन्दा बढीको वृद्धि हो । एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com