Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

निर्वाचनपछि मुलुकमा राम्रो दिनको सुरुवात हुने : ओलीले

काठमाडौं २१ चैत । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनपछि मुलुकमा राम्रो दिनको सुरुवात हुने बताएका छन्।

अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनपछि आफ्नो पार्टी आउने र मुलुकका लागि राम्रो दिनको सुरुवात हुने दावी गरेका हुन्। निर्यात उद्योग व्यवसायी महासंघ, नेपालले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संघीय संसदको निर्वाचनपछि भने आफ्नो पार्टी सरकारमा आउने भएकाले पूरै राम्रो दिन आउने जिकिर गरे।

अब कोभिड पनि समाप्त हुने चरणमा पुगेकाले व्यवसायीका लागि पनि अबको दिन भने राम्रो हुने उनको भनाइ थियो।
ओलीले स्वदेशी बस्तुको उत्पादन गरी मुलुकमा निर्यात व्यापार बढाउन पनि व्यवसायीहरुलाई आग्रह गरेका छन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com