Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

काभ्रेमा तीन जना वडा अध्यक्ष एक मत अन्तरमा विजयी

जेठ,२ काठमाडौं । काभ्रेमा तीन जना वडा अध्यक्ष एक मत अन्तरमा विजयी भएका छन् ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको नतिजा आउने क्रममा तीन स्थानीय तहका तीन वडामा एक/एक मत अन्तरले हारजित भएको छ ।

रोचक त के छ भने तीन वटै वडाध्यक्ष तीनै स्थानीय तहको वडा नम्बर १/१ का हुन् र फरक–फरक तीन पार्टी )नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमाले०का उम्मेदवार हुन् ।

काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार सुशिल लामा एक मत अन्तरले विजयी भए । लामाले ४०२ मत प्राप्त गरेका थिए भने उनका प्रत्यासी नेकपा माओवादी केन्द्रका उम्मेदवार राजु आलेले ४०१ मत प्राप्त गरी पराजित भएका थिए ।

त्यसैगरी खानीखोला गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सन्तमान थिङ एक मत अन्तरले विजयी भएका छन् । थिङले ५४८ मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी नेकपा एमालेका उम्मेदवार आसाराम गोलेले ५४७ मत प्राप्त गरी पराजित भएका छन् ।

तेमाल गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका उम्मेदवार इन्द्र अधिकारी एक मत अन्तरले विजयी भएका छन् । अधिकारीले ५३१ मत प्राप्त गरी विजयी भएका हुँदा उनका प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार कालदास तामाङले ५३० मत प्राप्त गरी पराजित भएका छन् ।

उक्त वडामा दुई पटक मत गणना भएको थियो । पहिलो पटक मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार कालदास तामाङ २ मत अन्तरले विजयी भएका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com