Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

श्रीलङ्का: इस्टर आक्रमणको अनुसन्धानका लागि सहयोग गर्न बेलायतसँग आग्रह

इस्टर सन्डे’को आक्रमणबारे अनुसन्धानमा सघाउन श्रीलङ्काले बेलायतको सहयोग मागेको छ। ‘इस्टर सन्डे’को आक्रमणबारे थप अनुसन्धानका लागि श्रीलङ्काका कार्यबाहक राष्ट्रपति रनिल विक्रेमेसिङ्घेले आफूले बेलायत सरकार र उनीहरूका गुप्तचर सेवाहरूको सहायताको लागि अनुरोध गरिरहेको सोमबार बताए।

प्रधानमन्त्रीसमेत रहेका विक्रमासिङ्घेले ‘इस्टर सन्डे’ आक्रमणको अनुसन्धानका लागि बेलायतको सहयोग माग्नुले घटनाबारे यस पहिले सरकारले उचित अनुसन्धान नगरेको यस मुद्दाको पूर्ण समाधान भएको छैन भन्ने संकेत गरेको छ।

‘इस्टर सन्डे’को आक्रमणबारे छानविनका लागि गरिएको अनुरोधबारे कार्यबहाक राष्ट्रपतिको कार्यालयलाई उद्धृत गरी डेली मिररले समाचार छापेको छ। क्रिश्चियन धर्मावलम्बीहरूको पर्ब ‘इस्टर सन्डे’ का दिन सन् २०१९ को अप्रिल २१ मा श्रीलंकाका तीनवटा चर्च र राजधानी कोलम्बोका तीन विलासी होटलहरूलाई एकपछि अर्को आतंकवादी आत्मघाती बम विस्फोटनको निशाना बनाइएको थियो।

उक्त आक्रमणमा २५० भन्दा बढी मानिसहरू मारिएका र थुप्रै घाइते भएका थिए। ‘नेशनल थोहीथ जामाथ’ नामधारी स्थानीय आतंककारी समूहले विनाशकारी उक्त आक्रमणहरूको लागि जिम्मेवार भएको दाबी गरेको थियो। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com