Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

विमानस्थलमा बम रहेको हल्ला निराधार

काठमाडौं २१ वैशाख । शंकास्पद वस्तु राखिएको हल्लापछि केही समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू गर्ने तयारी भएको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरील सबै स्थानमा जाँच गरिसकेको र शंकास्पद वस्तु नभेटिएपछि आन्तरिक उडान सुरू गर्ने तयारी थालिएको विमानस्थल स्रोतले जानकारी दिएको छ।

विमानस्थलका एक अधिकारीका अनुसार यात्रुलाई विमानस्थलको आगमन कक्षमा प्रवेश अनुमति दिइसकिएको छ र अब केही बेरमा उडान सुचारू हुनेछ।
आज करिब साढे १० बजे विमानस्थलस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयमा एक अपरिचित व्यक्तिले फोन गरेर आन्तरिक विमानस्थलको यात्रु प्रतिक्षालयमा बम रहेको बताएका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com