Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

भूकम्पले बाजुराका विभिन्न ठाउँमा घर भत्किए

माघ १० काठमाडौ । बाजुराको मेला केन्द्रबिन्दु भएर गएको भूकम्पले जिल्लाका विभिन्न स्थानमा घर भत्किएको समाचार छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार विभिन्न स्थानमा घर भत्किएको हो । यद्यपि हालसम्म मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।

प्रहरीका अनुसार बडिमालिका नगरपालिका ७ मा एउटा र ९ मा २ वटा घर भत्किएको छ ।

यसैगरी वडा नम्बर ६ मा एउटा विद्यालय भवन र दुई वटा घर भत्किएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा हिमपात भएको र यही बीचमा भूकम्प जाँदा जनजीवन कष्टकर भएको जनाइएको छ । भूकम्पपछि टेलिफोनको नेटवर्कमा समस्या देखिएपछि विवरण संकलनमा समस्या भएको प्रहरीको भनाइ छ ।

यस्तै बझाङको चैनपुरलगायतका स्थानमा पनि भूकम्पले घरहरु चर्किएको खबर प्राप्त भएको बताइएको छ ।

मंगलबार दिउँसो बाजुराको मेला केन्द्रबिन्दु भएर दिउँसो १ बजेर ४३ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com