Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

फागनु, २९ काठमाडौं । गोरखा सदरमुकाममा आज भएको ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या २ पुगेको छ।
गोरखा नगरपालिका ६ बिसौनी मोडबाट करिब २० मिटर तल खस्दा दुर्घटनामा सवारी धनी तथा चालक गोरखाको आरुघाट गाउँपालिकाका उमेश श्रेष्ठ र राष्ट्रिय वाणिज्य वैँक गजुरी शाखामा कार्यरत विष्णु खड्काको मृत्यू भएको प्रहरी र मृतकका आफन्तले पुष्टि गरेका छन्।

श्रेष्ठको उपचारका लागि गोरखा अस्पताल लैजाँदै गर्दा मृत्यू भएको थियो। खड्काको थप उपचारका लागि भरतपुर लैजाँदै गर्दा मृत्यू भएको डिएसपी लीलाराज लामिछानेले जानकारि दिए ।

बैंकमा कार्यरत खड्का काम विशेषले गोरखा आएका थिए। मोटरसाइकलमा सवार रहेका उनलाई ट्रक ठक्कर दिएको प्रहरीले जनाएको छ।
प्रदेश नं ३ ०१–००३–६१७० नम्बरको मिनीट्रक गोरखा बजारको बिसौनी मोडबाट खस्दा जिल्ला ट्राफिक प्रहरी कार्यालयसम्म पुगेको थियो।

ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ। सो मोटरसाइकलको पछाडि बस्ने बर्दिया घर भएका मंगल चौधरी पनि गम्भीर घाइते छन्। ठेगाना नखुलेका वुद्धि नेपाली पनि सिकिस्त छन्। उनीहरु दुवै जना थप उपचारका लागि भरतपुर अस्पतालमा रहेको प्रहरीले बताएको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com