Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

काठमाण्डाै – शिक्षकहरूले विद्यालय नै बन्द गरेर गरिरहेको आन्दोलनप्रति मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति असन्तुष्टि जनाउँदै देशैभरका विद्यालय बन्द गरेर शिक्षकहरूले काठमाण्डौमा आन्दोलन गरिरहेकाेप्रति मानव अधिकार आयोगले आज बिहीवार विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

शिक्षकले आफ्नो वृत्ति विकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकूल नै भए पनि विद्यालय बन्द गरेर पठनपाठन अवरुद्ध गर्नुले बालबालिकाको शिक्षाको अधिकारको उल्लङ्घन भएको विज्ञप्तिमा उल्लेख छ । शिक्षकको आन्दोलनबाट विद्यालय शान्ति क्षेत्र घोषणालाई समेत प्रत्यक्ष असर पुगेको आयोगको भनाइ छ ।

आयोगले आफ्ना माग राख्न विद्यालय बन्दबाहेकको विकल्प खोज्न, वार्ताको माध्यमबाट समस्याको समाधान गर्न र आन्दोलनमा हिंसात्मक अवस्था सिर्जना हुनसक्नेतर्फ सचेत हुन आन्दोलनरत शिक्षकलाई आग्रह गरेको छ । यस्तै आयोगले शिक्षकका जायज माग वार्ताबाट सम्बोधन गर्न सरकारको समेत ध्यानाकर्षण गराएको जनाएको छ । उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com