Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

साउन,३१ काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलको बैठक बालुवाटारमा बसिरहेको छ। आज बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवासमा पाँच दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ।

संसद्‌मा प्रमुख प्रतिपक्ष एमालेको अवरोध जारी रहेका बेला सत्ता गठबन्धनका दल छलफलमा जुटेका छन् ।बैठकले संसद्‌को गतिरोध अन्त्य, ललिता निवास तथा सुन प्रकरणलगायत विषयमा साझा धारणा बनाउने जनाएको छ ।

हङकङबाट तस्करी गरी ल्याइएको सुन सम्बन्धमा हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ। तर एमालेले सुनकाण्ड छानबिनका लागि उच्च स्तरीय समिति नै बनाइनुपर्ने माग राखी निरन्तर संसद्‌मा अवरोध गरिरहेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com