Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

उड्नै लागेको विमानमा चरा ठोकिएपछि…

बङ्गलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न लागेका दुई वटा विमानमा चरा ठोकिएपछि उडान अवरुद्ध भएका तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् ।

राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एअरलाइन्सको ब्याङ्कक उड्न लागेको विमानमा चरा ठोकिएपछि एउटा टायर फुटेर उडान अवरुद्ध भएको विमानका एक जना वरिष्ठ चालकलाई उद्धृत गर्दै दैनिक समाचारपत्र डेली स्टारले जनाएको छ । यात्रुलाई वैकल्पिक व्यवस्था गरेर ब्याङ्कक पठाइएको थियो ।

त्यसैगरी फ्लाई दुबईको विमान दुबईतर्फ उड्न लागेका बेला विमानको वाया इन्जिनमा चरा ठोकिएपछि तीन वटा प्रपेलर ब्लेडमा क्षति भएको थियो । विमान उड्न केही सेकेन्ड बाँकी हुँदा अकस्मात् रोक्नुपर्दा दुई वटा पाङ्ग्रा पनि क्षति पुगेकाे थियाे ।

यसअघि गएकाे डिसेम्बरमा पनि यही विमानस्थलमा अवतरणका क्रममा विमानको इन्जिनमा चरा ठोकिएर ड्रिमलाइनर विमानमा क्षति भएको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com