Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

एक जना पुरूषको हत्या गरिएको अवस्थामा शव फेला

जेठ, २९ काठमाडौं । भक्तपुरमा एक जना पुरूषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।
आज बिहान मध्यपुर थिमी नगरपालिका-८ बोडैस्थित लर्डबुद्ध स्कुल अगाडिको निर्माणाधिन टहरामा पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

उनका अनुसार शव रगताम्य अवस्थामा फेला परेको हो। प्रहरीलाई शव फेला परेको खबरपछि घटनास्थलमा टोली पुगेको थियो।
मृतक मध्यपुर थिमी-८ बस्ने ५१ वर्षीय कल्याण साहु रहेका छन्।

‘काठको फर्माले टाउकोमा हिर्काएर हत्या गरेको जस्तो देखिन्छ। घटनास्थल नजिकैबाट रगत लागेका फर्मा पनि भेटिएको छ,’ उनले भने,‘अहिले नै के भएको हो भन्ने खुलिसकेको छैन।’

उनको हत्या गरेको आरोपमा प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com