Yeti Khabar

२०८१ बैशाख २०, बिहीबार - Thu May, 2024 -

सरकारले बजेटमार्फत घोषणा गरेको किसान पेन्सन कार्यक्रम हावादारी : हृदयेश त्रिपाठी

जेठ, १८ काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले बजेटमार्फत घोषणा गरेको किसान पेन्सन कार्यक्रमलाई हावादारी भनेका छन्
आज प्रतिनिधिसभाको बैठकमा बजेटमाथि धारणा राख्ने क्रममा उनले किसानलाई के आधारमा पेन्सन दिने भन्ने नै नखुलेको भन्दै हावादारी कार्यक्रम भनेका हुन् ।

‘योगदानको आधारमा किसानलाई पेन्सन भनेको के हावादारी कुरा हो ? उनले प्रश्न गरे, ‘यदि कृषि उपजको बीमाको कुरा भएको भए कुरा बुझिन्थ्यो, पेन्सन प्राप्त गर्ने के मोडालिटी हुन्छ ? अर्थमन्त्रालयले कसले भनेर राख्दियो ?

नेपाली किसानलाई खेतमा पानी, समयमा मल र उम्रिने बिउ भए पुग्ने भन्दै उनले यसै वर्ष धान खेतीमा राख्ने मल अभाव हुनेतर्फ भने सरकार सचेत नरहेको बताए । सुन्निनु र मोटाउनु फरक कुरा हो भन्दै नेता त्रिपाठीले अहिलेको बजेट सुन्निएको देखिएको बताए । ‘

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com