कैलालीमा नदीको किनारमा एक पुरूषको शव फेला
चैत्र,१५ काठमाडौं । कैलालीमा खुटिया नदीको किनारमा एक पुरूषको शव फेला परेको छ। गोदावरी नगरपालिका(९ का ५५ वर्षका रामबहादुर नेपाली सोही नगरपालिकाको खुटिया नदीको किनारमा मृत फेला परेका छन्।
हिजो साँझ घरबाट हराएका उनको खोजी गर्ने क्रममा आज बिहान ९ बजे नदी किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताए ।