Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

ठमेल-नयाँ बसपार्क क्षेत्रलाई व्यवस्थित बनाइने

काठमाडौंको ठमेलदेखि नयाँ बसपार्क क्षेत्रलाई व्यवस्थित बनाइने भएको छ।
काठमाडौँ महानगरपालिका–२६ का नवनिर्वाचित वडाध्यक्ष ख्यामराज तिवारीले सोमबार पदभार ग्रहण गर्दै उक्त क्षेत्रलाई व्यवस्थित र नमूना क्षेत्र बनाउने बताए।

‘ठमेल घुम्न आएका विदेशी पर्यटकलाई नयाँ बसपार्क घुम्न जाने वातावरण निर्माणमा वडा लाग्नेछ’, उनले भने।
तिवारीले आफ्नो पहिलो कार्यकालमा ऐन, नीति, नियम निर्माण र वडा कार्यालयको भवन निर्माणमा बितेको भन्दै आगामी कार्यकालमा वडाभित्रका समस्या समाधानमा काम गर्ने बताए।

अघिल्लो कार्यकालमा वडा कार्यालय भवन निर्माण, लैनचौर खेल मैदान निर्माण, मल्ल होटलदेखि ठमेल क्षेत्रको बाटो चौडाइ, भगवानबहाल मन्दिर पुनःनिर्माण, ठमेलेश्वर महादेव मन्दिरको भजन घर निर्माण, लैनचौरस्थित नारायण मन्दिर निर्माण, शान्ति विद्या गृह स्कुलको भवन पुनःनिर्माण र विभिन्न बाटोहरु कालोपत्र गरेको उनको भनाइ थियो।
मेलम्ची खानेपानी आयोजनाको काम र विद्युत् प्राधिकरणको कामले गर्दा कतिपय बाटाहरू कालोपत्र रोकिएको भन्दै यसलाई छिटै सम्पन्न गरिने वडाध्यक्ष तिवारीले बताए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com