Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

ओलीको गनथनमा निर्वाचनमा हार व्यहोरेको कुण्ठाबाहेक केही देखिएन: थापा

जेठ, १४ काठमाण्डौ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा दिएको अभिव्यक्ति गन्थन मात्रै भएको टिप्पणी गरेका छन् । स्थानीय चुनावमा रन्थनिएको बेला ओलीले सरकारको नीति तथा कार्यक्रममाथि गन्थन मात्रै प्रस्तुत गरेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको जवाफ दिइरहन आवश्यक नभएको तर्क समेत गरेका हुन् ।

शनिबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले ओलीको अभिव्यक्तिमा निर्वाचनमा हार व्यहोरेको कुण्ठाबाहेक कुनै प्रश्न नभएको, विचार नभएको र असहमति पनि नभएको जिकिर समेत गरे । निर्वाचनको हारपछि रन्थनिएको बेला ओलीले संसद्मा बसेर, उठेर जसरी बोले पनि आफ्नो सहानुभूति रहेको महामन्त्री थापाको भनाई थियो ।

महामन्त्री थापाले भने, ‘नीति तथा कार्यक्रममाथिको छलफलको प्रारम्भमा नै करिब घण्टौँको एउटा लामो गन्थन प्रस्तुत भइसके पछाडि मलाई केही साथीहरूले भन्नु भयो–यो गन्थनमा व्यक्त भएको प्रत्येक कुराको जवाफ दिनुपर्छ । मैले साथीहरूलाई भने–प्रश्नको उत्तर हुन्छ । विचारमा टिप्पणी हुन्छ । प्रतिक्रियामा सहमति व्यक्त हुन्छ । असहमति व्यक्त हुन सक्छ । तर कुण्ठामा त्यस्तो केही पनि हुँदैन । कुण्ठामा केवल सहानुभूति मात्रै प्रकट हुन्छ । त्यसैले यो बेलामा साथीहरूले भन्नु भो–घण्टौँ बसेर बोल्ने रु मैले भने यतिखेर रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोले पनि हुन्छ । पलेटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनु पर्छ । कहाँ बोल्ने, कहिले बोल्ने भन्ने कुरा बोल्नेले हेक्का राख्ने कुरा हो । हामी केवल विचार मात्रै भन्न सक्छौ, यति हो । निर्वाचन हुँदैन–हुँदैन भनियो । शानदार ढङ्गले निर्वाचन भयो । त्यो पनि एकैपटक सम्पन्न भयो ।’

महामन्त्री थापाले सरकारले मङ्सिरमा संघ र प्रदेशको चुनाव सम्पन्न गराउने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो । स्थानीय तहको निर्वाचन शानदार ढङ्गले एकैपटक सम्पन्न गराएको सरकारले मङ्सिर भित्र संघ र प्रदेशको चुनाव गराउने उनले बताए । रातोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com