Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

बाग्लुङ गलकोटको घामपानी बस्ती पहिरोको उच्च जोखिममा

बाग्लुङ – निरन्तर वर्षाका कारण गलकोट नगरपालिका–२ को घामपानी बस्तीका सातघर पहिरोको उच्च जोखिममा परेका छन् । गलकोट–२ का वडाध्यक्ष हिमबहादुर भण्डारीले घामपानीका सात घर पहिरोको जोखिमा रहेको बताउँदै ती घरका परिवारहरुलाई सुरक्षित ठाउँमा सार्नुपर्ने बताउनु भएको हो ।

निरन्तर वर्षाका कारण यहाँको घामपानी बस्ती पहिरोको जोखिममा छ, यहाँ सात घर परिवार बस्दै आएका छन्, उनीहरुलाई सुरक्षित ठाउँमा बस्न लगाएका छौँ, अझै ठूलो वर्षा भयो भने यहाँको बस्ती पहिरोले बगाउन सक्छ, बस्ती पहिरोको बीचमा रहेको हुँदा पानी पर्दा यहाँ बस्न निकै जोखिमपूर्ण छु, उहाँले भन्नुभयो ।

उहाँका अनुसार वर्षाका कारण वडा कार्यालयदेखि गाउँ–गाउँसम्म पुग्ने ग्रामीण सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सडक खुलाउन अझै केही समय लाग्ने जनाइएको छ ।

सयौँ रोपनी खेतसहित धानबालीमा क्षति

अध्यक्ष भण्डारीका अनुसार वडा नम्बर २ कै खालीखोलामा पहिरोसहितको बाढीले सयौँ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । गएराति आएको पहिरोसहितको बाढीले दुई यस रोपनी धानबाली लगाएको खेत पुरिएको हो ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको भ्युटावर क्षेत्रमा सडकको नाली थुनिएपछि भीषण पहिरोसहित आएको बाढीले स्थानीय कृषकको धानबाली लगाएको खेत पुरिएको जनाइएको छ । बाढीले धानबालीसहित सयौँ रोपनी खेत पुरिँदा करोडभन्दा बढीको नोक्सानी भएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

किसानले लगाएको धान भर्खर सप्रिन थालेको थियो, पहिरोले सबै पुरिदियो, पहिरोले खेत र धानबाली पुरिँदा करोडौँ रुपैयाँको नोक्सानी भएको छु, उहाँले भन्नुभयो, लोकमार्गको भ्युटावर नेर नाली सबै बन्द भएको छ, माथिबाट आएको भल सबै खेतमा आयो र पहिरो पनि ठूलो आयो त्यसले गर्दा यति धेरै नोक्सानी भयो ।

स्थानीय प्रेमबहादुर भण्डारीले बाढीले पसाउन लागेको धानसहित खेत पुरेपछि आफ्नो लाखौँको सम्पत्ति बगरमा परिणत भएको गुनासो गर्नुभयो । उहाँको चार रोपनी खेत पहिरोले बगाएको छ । मेरो भएको खेत यति हो, अब त मैले गरी खाने ठाउँ नै सकियो, अब कहाँ खेती गर्ने, के खाने रु धेरै खर्च गरेर धान रोपे, धान भर्खर पसाउन लागेको थियो, सबै बगायोु, उहाँले भन्नुभयो, खेत एउटा पनि बाँकी छैन सबै पहिरो पसेको छ, धानसमेत बगायो, मेरो त एक वर्षभरिको खाद्यान्न बगायो ।

उहाँले सरकारले तटबन्धन गरी दिए अर्को सालदेखि खेती गर्न सकिने बताउनुभयो । लोकमार्गबाट बग्ने पानी तर्काउने र माथिबाट बग्ने भल व्यवस्थापन गर्नसके क्षति कमगर्न सकिने जनाइएको छ । सरकारले हाम्रो लागि तटबन्धन गरी दिए अर्को वर्ष खेती गर्ने गरी यो ठाउँलाई बनाउन सकिन्थ्यो, माथिबाट आउने भललाई नियन्त्रण गर्न र तटबन्धनका लागि थोरै भए पनि सरकारले हामीलाई सहयोग गरोस्, उहाँले भन्नुभयो ।

अर्का स्थानीय यामबहादुर भण्डारीको तीन रोपनी खेत पुरिएको छ । उहाँले लोकमार्गबाट आउने भल व्यवस्थापन नहुँदा ठूलो क्षति बेहोर्नुपरेको बताउनु भयो । गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले बाढीपीडितले तटबन्धनको माग गरेको बताउँदै नगरपालिकाले त्यसको व्यवस्थापन गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, लोकमार्गबाट बगेर आएको पानीले यति ठूलो क्षति पुर्याएको छ, पीडितले ग्याबिन निर्माण गर्न माग गर्नुभएको छ, हामीले यसतर्फ ध्यान दिएका छौँ पानी रोकियो भने काम अगाडिबढाउने छौँ ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com