Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

अमरगढीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

बैशाख, ११ काठमाडौं । डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अमरगढी नगरपालिका–७ का अन्दाजी ६० वर्षीय केशव भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ। मृतक भट्टराई २०५४ सालका वडाध्यक्ष पनि हुन्। २०७४ र २०७९ मा पनि वडाध्यक्षमा चुनाव लडेका उनी पराजित भएका थिए।

आज जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से१ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार दुर्घटनामा सोही ठाउँका अन्दाजी ३२ वर्षीय चेतराज भट्टराई (रोचन) घाइते भएका छन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको प्रहरीले बताएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com