Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारलाइ गाउँलेले दिए पोइजनिङ

काठमाडौं २५ वैशाख । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ का उम्मेदवारसहित ३ जना गाउँलेले दिएको ‘सगुन’ खाँदा बिरामी परेका छन् । निर्वाचन प्रचारप्रसारका क्रममा रहेका माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार शेष इस्तिहारसहित ३ जना बिरामी भएका हुन् ।

भोट माग्दै जाँदा हरिवनका गाउँका स्थानीयहरुले उम्मेदवारसहितका निर्वाचन प्रचारप्रसारमा रहेका टोलीलाई ‘सगुन’ भन्दै खानेकुरा खान दिएका थिए । सोही खाएपछि शेषसहित उमा साह र पूर्णिमा कार्की पनि बिरामी बनेकी छन् । बिरामी भएकामध्ये उम्मेदवार शेषलगायतलाई स्थानीय अस्पतालमा उपचार गराउँदा पोइजनिङ देखिएको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले जानकारी दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com