Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

द्वन्द्वकालीन घटना सम्बोधनका लागि सत्य निरुपण आयोग पुनःसंरचना गरिन्छ : कानुनमन्त्री

असार, १ काठमाडौं । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्द कोइरालाले सत्य निरुपण आयोगको पुनः संरचना गर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले सत्य निरुपण आयोगको पुनः संरचना नगर्ने हो द्वन्द्वकालीन घटनाका पीडितले न्याय नपाउने अवस्था रहेको बताए ।

मन्त्री कोइरालाले सत्य निरुपण आयोगमा नेतृत्व परिवर्तन गरे पनि काम अघि बढ्न नसकेको बताउँदै सत्य निरुपण आयोगको पुनः संरचना गर्नुपर्ने बताए । त्यसका लागि ऐनमा सुधार र संस्थागत सुधार आवश्यक रहेको उनले बताए । बजेटको बुँदा नम्बर ३१ मा सत्य निरुपण आयोग सुधारका लागि बजेट विनियोजन भएर आएको उनले बताए । उनले विगतमा गठन भएका आयोगले काम गर्न नसकेको बताउँदै नेपालको संक्रमणकालीन न्याय प्रक्रियाको काम सत्य पत्ता लगाउने भन्दापनि फरक प्रक्रियाबाट अगाडि बढेको बताए ।

उनले भने– ‘संक्रमणकालीन न्याय प्रणालीको काम सत्य पत्ता लगाउने हो । वास्तवमा हिजो द्वन्द्व किन भएको थियो, त्यसको कारण के थियो, क्रममा मानव अधिकार उल्लंघनका घटना किन भएका थिए । त्यो घटनाहरूमा को संलग्न थिए रु पीडितलाई कस्तो परिपुरण दिने भन्ने कुरा संक्रमणकालीन न्यायको भूमिका हो । गुनासो लिने काम त भयो तर सत्य पत्ता लगाउने काम हुन सकेन ।’

उनले यससम्बन्धी विधेयक छिट्टै ल्याउने उनले बताए । सत्य निरुपणको काम अरु देशमा ६ महिनादेखि १ वर्षमा सकिएको बताउँदै नेपालको शान्ति प्रक्रियालाई छिट्टै अन्तिम बिन्दुमा पुर्याउने उल्लेख गरे । रातोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com