Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

जसपाबाट भट्टराईसहित नौ जना निकालिए, अशोक राई संघीय परिषद् अध्यक्ष

जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कारबाही गरेर अशोक राईलाइ सो जिम्मेवारी दिईएको छ। वीरगन्जमा बसेको जसपा केन्द्रीय समितिको विस्तारित बैठकले पार्टीको विधानविपरित अराजक तरिकाले पार्टी कमजोर बनाउने काम गरेको भन्दै भट्टराईसहित नौ जनालाई पदमुक्त गर्ने निर्णय गरेको हो।

बैठकले भट्टराईसहित हिसिला यमी भट्टराई, पुर्वमन्त्री महिन्द्र राय यादव ,रमेश यादव, प्रशान्त सिंह, दुर्गा सोब, गंगा श्रेष्ठ ,भक्त बहादुर शाह र दानबहादुर चौधरीलाई कारबाही गर्ने निर्णय गरेको कार्यकारिणी समिति सदस्य समेत रहेका केन्द्रिय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए।

सोमबार संघीय परिषद् अध्यक्ष भट्टराईको नेतृत्वमा जसपाको ब्यानरको दुरुपयोग गरिएको र विधान विपरित झुण्डको भेला गरेकाले उनीहरुलाई अनुशासनको कारबाही गर्दै पदमुक्त गरीएको अधिकारीले बताए।

अधिकारीले भट्टराईसहितका नेतालाई विधानविपरीत काम गर्दै आएकाले बहुमतको निर्णयका आधारमा कारबाही भएको बताए। उनले भने, भट्टराईको गुटको भेला अवैधानिक छ। जसपाको बहुमत सदस्यको बैठकले उक्त बैठकमा सहभागी भएकालाई कारबाही गर्ने निर्णय गरेको छ ।

पार्टीको विधान संशोधन गर्ने, स्थानीय तह निर्वाचनमा घात–अन्तर्घात गर्ने र पार्टी विधानविपरीत गतिविधि गर्नेलाई कारबाही गर्ने तथा संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्नेलगायतका विषयमा निर्णय गरेको उनले बताए।

उनका अनुसार संसदीय बोर्ड गठन, केन्द्रीय कार्यकारिणी समितिको पुनर्गठन र अध्यावधिक गर्ने निर्णय पनि बैठकले गरेको छ। वीरगन्जमा दुई दिनसम्म चलेको बैठकमा करिब तीन सय १७ जना सदस्य सहभागी रहेको अधिकारीले बताए। नागरिक दैनिक

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com