Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

शिक्षक महासंघको आन्दोलन माइतीघरमा

असोज,३ काठमाडौँ । देशभरबाट आन्दोलनमा आएका शिक्षकहरु राजधानीको माइतीघरमा भेला भएका छन् । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरु आन्दोलनका लागि काठमाडौँ आएका छन् ।

महासङ्घले विभिन्न १८ बुँदे असहमति राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । ती माग पुरा नभएसम्म आन्दोलन नरोकिने महासंघको भनाइ छ । महासंघका अनुसार आज माइतीघरमा भेला भएका शिक्षकहरु जुलुससहित नयाँ बानेश्वर पुग्ने कार्यक्रम छ । त्यहाँ वृहद कोणसभा हुनेछ ।

नेपाल विद्यालय कर्मचारी परिषद्का गंगाराम तिवारीले हजारौँ शिक्षक कर्मचारीहरू काठमाडौंमा आएको भन्दै आफूहरुको माग सम्बोधनका लागि सरकारलाई बाध्य पारिने बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com