Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

मेसीको २ गोलमा इन्टर मियामीको लगातार दोस्रो जित

१० साउन, काठमाडौं । लिओनल मेसीले अमेरिकामा आफ्नो लय कायम राख्दै लगाता दोस्रो खेलमा गोल गरेका छन् ।

मेसी र रोबर्ट टेललरे दुई-दुई गोल गरेपछि लिग कप साउथ ३ समूहमा इन्टर मियामीले बुधबार बिहान एटलान्टा युनाइटेडलाई ४-० ले हरायो ।

डीआरऐ पिएनके स्टेडियममा भएको खेलमा मेसीले खेलको आठौं मिनेटमै गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा रोबर्ट टेलरको पासमा मेसीले व्यक्तिगत दोस्रो गोल गरी अग्रता दोब्बर पारे ।

४४औं मिनेटमा रोबर्ट टेरलले गोल गरेपछि पहिलो हाफमै इन्टर मियामीले ३-० को अग्तरा बनायो ।

५३औं मिनेटमा मेसीकै पासमा रोबर्ट टेलरले व्यक्तिगत दोस्रो गोल गरे ।

८४औं मिनेटमा क्रिस्टोफर म्याकभेले रातो कार्ड पाएपछि इन्टर मियामी दश खेलाडीमा समेटिएको थियो । भ्याकभेले विपक्षी खेलाडीलाई पेनाल्टी बक्समा लडाएपछि एटलान्टाले ८६औं मिनेटमा पेनाल्टी प्राप्त गरेपनि गोल गर्न सकेन ।

थियागो अलमाडाको पेनाल्टी प्रहार इन्टर मियामीका गोलकिपर ड्राक क्यालेन्डरले बचाए ।

यसअघि मेसीले डेब्यु खेलमै गोल गर्दा इन्टर मियामीले क्रुज अजुललाई २-१ ले पराजित गरेको थियो ।

लिग कपको साउथ तीन समूहमा लगातार दुई खेल जितेपछि इन्टर मियामी समूह विजेता बन्दै अन्तिम ३२ मा प्रवेश गरेको छ । जहाँ इन्टर मियामीले अब लिग कपको साउथ २ समूहको विजेतासँग खेल्नेछ । अनलाइन बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com