Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

बंगलादेशी क्रिकेटका कप्तान शकिब बने सांसद

messenger sharing button
sharethis sharing button

बंगलादेशका राष्ट्रिय क्रिकेट टोलीका कप्तान शकिब अल हसनले आम निर्वाचनमा जित हासिल गरेका छन्। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीबाट टिकट पाएका शकिबले मगुराको पश्चिमी सहरबाट चुनाव जितेका हुन्।

उनले एक लाख ५० हजार बढी मतान्तरले चुनाव जितेको एएफपीले जिल्लाका प्रमुख प्रशासक अबु नसेर बेगलाई उदृत गर्दै समाचारमा उल्लेख गरेको छ।

प्रमुख विपक्षी दल नेसनलिष्ट पार्टी बिएनपीले भने चुनाव बहिस्कार गरेको थियो। शकिबले क्रिकेटबाट संन्यास लिइसकेका भने छैनन्। उनी बंगलादेशी क्रिकेटका अलराउन्डर समेत हुन्। कुल तीन सय सिटमध्ये २९९ सिटमा आइतबार मतदान भएको थियो। 

निर्वाचन भएको २९९ सिटमध्ये सत्तारूढ दल अवामी २२३ सिटमा विजयी भएको छ। स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएकाहरूलाई पनि हसिनाकै पार्टी अवामी लिगको समर्थन थियो। विवादित चुनावमा ४० प्रतिशत मात्रै मत खसेको बताइएको छ। विपक्षी दलहरूले यो आँकडा पनि सही नभएको बताएका छन्।

प्रधानमन्त्री हसिनाले पाँचौं पटक चुनाव जितेर प्रधानमन्त्री बन्दै छिन्। उनी लगातार चौथो पटक प्रधानमन्त्री बन्न लागेकी हुन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com