Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

केपी शर्मा ओली देशकै लागि घाँडो : माधवकुमार नेपाल

काठमाडौं २१ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशकै लागि महाको घाँडो भइसकेको बताएका हुन।

आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गदै नेपालले ओली दलहरूका लागि मात्रै नभई लोकतन्त्र, संविधान र देशकै लागि महाको घाँडो भइसकेको बताएका हुन्। नेपालले कहिले लोकतन्त्रको खास्टो ओडेर र कहिले वामपन्थीको खास्टो ओडेर अधिनायकवादीहरू सक्रिय रहने गरेको भन्दै अहिले नेपालमा वामपन्थको खास्टो ओडेर अधिनायकवादी शक्तिहरू सलवलाइरहेको बताए।

नेपालले आवश्यकताको आधारमा चुनावमा गठबन्धन हुने स्पष्ट पारे। ‘पहिले पनि हामीले २ वटा महानगर जितेकै हौं’ उनले भने ‘अहिले पनि हाम्रो २ वटा महानगरमा दाबी रहन्छ।’
उनले भने ‘कुनै पार्टीले बोलाएर जाँदा ठिकै हो तर, देशको प्रतिनिधित्व गरेर जाँदा कुनै पार्टीको कार्यालयमा जानु उचित हैन।’

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com