Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

इजरायल र हमासबीचको युद्धविराम थप एक दिन लम्बियो

इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीचको युद्धविराम थप एक दिन लम्बिएको छ । इजरायली सेनाले बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दै हमाससँगको युद्धविराम कायम रहने बताएको बीबीसीले जनाएको छ । यो सहमति भएसँगै अब युद्धविराम सातौँ दिनमा पनि लागू हुनेछ ।

हमास र इजरायलबीच बन्धकहरूलाई लिएर भएको सम्झौता गएकाे शुक्रवारदेखि लागू भएको छ । यो युद्धविरामको आज छैटौँ दिन हो । जसअन्तर्गत हमासले केही इजरायली बन्धकहरूलाई रिहा गरिरहेको छ र बदलामा इजरायलले आफ्नो जेलबाट केही प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिरहेको छ । हमासले एक जना बन्धक रिहाइ गरेबापत इजरायलले तीन जना प्यालेस्टिनी कैदीलाई छाड्ने सहमति भएको थियो ।

युद्धविराम शुरु भएपछि सहायता र अत्यावश्यक औषधिले भरिएका ट्रकहरू गाजा प्रवेश गरिरहेका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com