Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

एमाले दक्षिणपन्थी अवसरवादी चरित्रको पार्टी भएको अध्यक्ष नेपालको आरोप

माघ २१ काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पाँचौँ बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका छन् । विभिन्न राजनीतिक दलहरूको चरित्रको बारेमा पनि व्याख्या गरिएको छ ।

अहिले मुलुकको राजनीतिक रङ्गमञ्चमा विभिन्न खाले राजनीतिक दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण अँगालेका र विभिन्न चरित्र भएका राजनीतिक शक्तिहरू क्रियाशील रहेको अध्यक्ष नेपालको भनाई छ । नेकपा (एमाले) दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिस्ट पार्टी भएको अध्यक्ष नेपालको ठहर छ ।

उनले नेकपा (माओवादी केन्द्र) ढुलमुले चरित्रको कम्युनिस्ट पार्टी भएको बताएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी सस्तो लोकप्रिय नारा दिएर उदाएको पार्टी भएको जिकिर गरेका छन् ।

नेपाली कांग्रेस अहिले प्रतिनिधि सभाको सबैभन्दा ठुलो दलका रूपमा रहेको नेपाली कांग्रेस पुँजीपति वर्ग चरित्रको पार्टी हो। नव उदारवादको पक्षपोषण गर्ने यस पार्टीले दलाल पुँजीपति वर्गको समेत हित प्रतिनिधित्व गर्दछ। तथापि यो पार्टी संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको पाइन्छ ।

नेकपा (माओवादी केन्द्र ) प्रतिनिधि सभाको तेस्रो ठुलो दलका रूपमा रहेको नेकपा ९माओवादी केन्द्र० ढुलमुले चरित्रको कम्युनिस्ट पार्टी हो । यसको पनि वर्ग अडान स्पष्ट छैन । सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको यो पार्टी शान्ति प्रक्रिया लम्बिँदै गएपछि सत्ताको वरिपरि केन्द्रित हुँदै गएको छ । यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध नै छ तर सत्ता स्वार्थका निम्ति कुनै पनि बेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर र ढुलमुले प्रवृत्ति यसमा देखिएको छ ।

रास्वपा प्रतिनिधि सभाको चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पुँजीपति वर्ग चरित्रको पार्टी हो । यस पार्टीको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट छैन । संविधानवादको कुरा गरे पनि गणतन्त्र र सङ्घीयताप्रति यसको दृष्टिकोण के हो भन्ने पनि स्पष्ट छैन। यो पार्टी प्रतिनिधि सभाको विघटन र नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकप्रिय नारा दिएर उदाएको पार्टी हो । सस्तो लोप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिकृयावादको सेवा गर्ने गर्दछ । यसले पनि त्यही भूमिका निर्वाह गर्दै छ ।

राप्रपा प्रतिनिधि सभाको पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी सामन्ती तथा दलाल नोकरशाही पुँजीपति वर्ग चरित्रको पार्टी हो। यो पार्टी समाजमा अवशेषको रूपमा रहेको सामन्ती पछौटे एवं लम्पट चिन्तनको प्रतिनिधि हो। यो संविधान, गणतन्त्र र सङ्घीयता विरोधी पार्टी हो। यसले जनताको क्रान्तिकारी आन्दोलनले उखेलेर फ्याँकेको सामन्ती राजतन्त्रलाई पुनर्स्थापना गर्न चाहन्छ ।

जसपा प्रतिनिधि सभाको छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टी प्रजातान्त्रिक साजवादी सिद्धान्त आँगालेको पार्टी हो। मुख्यतः मधेस प्रदेशमा प्रभाव राख्ने यो पार्टी मधेसको मध्यम वर्गीय तप्काको प्रतिनिधि हो । यो संविधान, गणतन्त्र र सङ्घीयताप्रति प्रतिबद्ध रहेको छ ।

जनमत पार्टी स् प्रतिनिधि सभाको आठौँ स्थानमा रहेको जनमत पार्टी विगतमा मधेसलाई नेपाली उपनिवेशबाट मुक्त गरी स्वतन्त्र राज्य बनाउनु पर्दछ भन्ने पृथकतावादी सोच आँगालेको पार्टी हो तर अहिले संविधान मान्ने र त्यस अन्तर्गत रहेर राजनीति गर्ने गरी अगाडि बढेको छ ।

लोसपा प्रतिनिधि सभाको नवौँ स्थानमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी बुर्जुवा चरित्रको पार्टी मुख्य गरी मधेस प्रदेशमा केन्द्रित रहेको र मधेसका मुद्दामा नै बढी चासो राख्ने यो पार्टी पनि मधेसको मध्यम वर्गीय तप्काको प्रतिनिधि हो। यो गणतन्त्र र सङ्घीयताप्रति प्रतिबद्ध रहेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com