Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

अमेरिकाले युक्रेनलाई ७५ करोड डलर बराबरको हतियार दिँदै

वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनेको प्रशासनले बुधबार युक्रेनलाई रुसविरुद्ध लड्न करिब ७५ करोड डलर बराबरको सैन्य हतियार सहयोग गर्ने भएको छ ।

ती उपकरणहरूलाई ९प्रेसिडेन्सियल( ड्रनडाउन अथोरिटी) पीडीए कोषमार्फत आर्थिक भर्पाइ गरिने छ । जसमा राष्ट्रपतिले अमेरिकासँग स्टकमा भएका हतियार र सेवाहरू आपतकालीन अवस्थामा संसद्को स्वीकृतिविना नै प्रदान गर्न सक्छन् ।

यसमा कुन कुन हतियार मिसाउने भन्नेबारे अन्तिम चरणको निर्णय भएको एक वरिष्ठ अधिकारीहरूले जानकारी दिएका छन् ।
यसमा सम्भावित ‘हेभी ग्राउन्ड आर्टिलरी’ हुने बताइएको छ जसमा ‘होविट्जर’ पनि रहेको छ । होविट्जर एउटा लामो रेन्जको सानो र द्रुत गतिमा काम गर्ने हतियार हो, जसले सजिलै टार्गेटलाई ध्वस्त पारिदिन सक्छ ।

तत्काल ह्वाइटहाउसले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । तर, गत हप्ता यसले युक्रेनलाई सुरक्षा सहायता अनुरूप १।७ अर्ब डलर प्रदान गरिसकेको जानकारी दिएको थियो ।
युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले अमेरिका र युरोपेली नेताहरूलाई धेरै भन्दा धेरै हतियार सहयोग गर्न बारम्बार दबाब दिइरहेका छन् । रोयटर्सबाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com