Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

सम्बन्धविच्छेदका मुद्दामा बाल संरक्षणलाई जाेड दिन चीनकाे सर्वोच्च अदालतको निर्देशन

चीनको सर्वोच्च अदालतले देशभरका अदालतहरूलाई सम्बन्धविच्छेदको सुनुवाइका क्रममा नाबालिग बालबालिकाको संरक्षणमा जोड दिन निर्देशन दिएको छ ।

न्यायाधीशले सम्बन्धविच्छेद गर्ने आमाबाबुलाई आफ्ना छोराछोरीप्रतिको कानुनी दायित्वहरू सम्झाउन र उनीहरूलाई सम्बन्धित कानुनको उल्लङ्घनका परिणामहरूबारे चेतावनी दिन आवश्यक रहेको सर्वोच्च अदालतले विज्ञप्तिमार्फत जनाएको छ ।

सम्बन्धविच्छेद गर्ने आमाबाबुले बालबालिकालाई जबरजस्ती कब्जा गर्ने वा लुकाउने तथा उनीहरूको पालनपोषण नगर्नेजस्ता कामहरूबारे कडाइका साथ सुनुवाइ गर्ने चिनियाँ सर्वोच्च अदालतले भनेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

स्थानीय अदालतहरूलाई सम्बन्धविच्छेद मुद्दाको प्रत्येक चरणमा बाल सुरक्षालाई संरक्षण गर्न विभिन्न सञ्चारमाध्यम प्रयोग गर्न प्रोत्साहित गरिएको छ । | एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com