Yeti Khabar

२०८१ बैशाख २३, आईतवार - Sun May, 2024 -

दाङमा माताको भेषमा मूर्ति चोर्ने महिला पक्राउ

बैशाख, १० काठमाडौं । दाङको पर्यटकीय स्थल तुलसीपुर– १९ छिल्लिकोटमा रहेको कालिका–मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गर्नेलाई पक्राउ गरिएको छ।माताको भेषमा गएर मूर्ति चोरी गर्ने तीन महिलालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रविर पुनले जानकारी दिए ।

उनका अनुसार आइतबार दिउँसो ३ बजेतिर मन्दिरबाट पाँच थान घण्टी र तीन थान मूर्ति चोरी भएको थियो। ती मूर्ति चोरी गरेको आरोपमा तुलसीपुर– १७ बनकट्टीनिवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरीलाई पक्राउ गरिएको हो। उनीहरू तीनैजनाले आफूहरू माता रहेको र भगवानले घण्टी मागेको भन्दै मूर्ति र घण्टी ल्याएको बताएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com