गोली लागेर एक युवकको मृत्यु
२३ चैत, काठमाडौं २३ चैत ।सर्लाही सदरमुकाम गोली चलेको छ । गोली लागेर एक युवकको मृत्यु भएको हो ।
आज साँझ ७ ४० बजेतिर मलगंवा नगरपालिका ९ मा गोली चलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन । प्रहरीका अनुसार उनीमाथि भारतीय नागरिकले नै गोली हानेको हो ।
प्रहरीले मृतकको मोवाइल फेला पारेको छ । जसमा उनको हत्या हत्या गर्ने भन्दै धम्कीपूर्ण सन्देशहरु पठाइएका छन् । घटनास्थलबाट बरामद गोलीको खोका हेर्दा पेस्तोलबाट गोली हानेको देखिएको प्रहरी अधिकारीहरु बताउँछन् ।