Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

कारागारभित्र जाँड–रक्सी खाँदै जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि छानबिन सुरु

इलाम – इलाम कारागारभित्र जाँड–रक्सी खाँदै जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरु गरेको छ ।
समिति नै गठन गरेर छानबिन सुरु गरिएको हो । सञ्चारमाध्यममा कैदीहरूले कारागारभित्र नै जाँड–रक्सी खाँदै गरेको भिडियो सार्वजनिक भएपछि तीन सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयका अधिकृत हरिकुमार थापाको संयोजकत्वमा समिति गठन भएको हो ।

यो समितिले काम थालिसकेको संयोजक थापाले बताउनुभयो । भिडियो कहिलेको हो र को–को व्यक्ति यसमा संलग्न थिए भन्ने विषयमा छानबिन हुने साथै आवश्यक कारबाही अगाडि बढाइने बताइएको छ ।

कानुनले वर्जित गरेका कुनै पनि गतिविधि, जाँड–रक्सी खान, जुवातास तथा मोबाइल फोनसमेत प्रयोग गर्न नपाइने भए पनि कारागारभित्र खुलेआम यी काम भइरहेको भिडियो बाहिरिएको हो । इलाम कारागारमा भने जाँड–रक्सी खाने, जुवातास तथा मोबाइल फोनसमेतको प्रयोग हुने गरेको र यसमा कर्मचारीको समेत संलग्नता रहेको शङ्का गरिएको छ ।

जेलर सुमित मगरले सार्वजनिक भिडियो कारागारभित्रकै रहेको स्वीकार गर्नुभयो । उहाँले यो दृश्य इलाम कारागारकै रहेको र त्यहाँ देखिएका केही कैदीबन्दी अहिले पनि यही रहेको तथा केही छुटेका र सरुवा भएर गइसकेका बताउनुभयो । कारागारको क्षमता एक सय २५ जनाको भए पनि अहिले यहाँ दुई सय ८० जना छन् ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com