Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

७ स्थानीय तहको नतिजा आउन बाँकी

जेठ,११ काठमाडौं । काठमाडौं महानगरपालिकासहित ७ स्थानीय तहको मतगणनाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार दाङको तुल्सीपुर उपमहानगरपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । जहाँ एमालेबाट मेयर र उपमेयर विजय हुने निश्चित भइसकेको छ ।

यस्तै कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको नतिजा आउन बाँकी रहेको छ । यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका, रौतहटको फतुवा विजयपुरको नतिजा आउन बाँकी छ ।

विवादका कारण रोकिएको उदयपुरको त्रियुगा नगरपालिकाको मंगलबारदेखि मात्रै मतगणना सुरु भएको छ भने काठमाडौं महानगरपालिकाको मतगणना पनि जारी रहेको छ। काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी हुने देखिएको छ ।

यसैबीच बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना भने अझै सुरु हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार मतदानमा धाँधली भएको भन्दै दलहरुले बुढीगंगा नगरपालिकामा मतगणना सुरु हुन नदिएका हुन् । त्यहाँ धाँधली भएकाले पुनः निर्वाचन हुनुपर्ने माग समेत उठेकाले के गर्ने भन्नेबारे आयोगले निर्णय गर्न सकेको छैन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com