Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

उपचारका लागि चीन गए माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन

मंसिर,१६ काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उपचारका लागि चीन गएका छन् । जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि आज साँझ फ्लाई दुबइको उडानबाट चीन गएका हुन् ।

पुन चुनावअघि नै जान खोजेका थिए । स्वास्थ्यमा समस्या आएपछि उनी चुनावी समेत धेरै सक्रिय हुन सकेको थिएनन् । तर एकातिर रोल्पामा सत्ता गठबन्धनको उम्मेदवारविरुद्ध बागी उम्मेदवार परेको र चीनमा लकडाउनका कारण लामो समय क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले गएनन् ।

आज पत्नी ओनसरी घर्ती र छोरी शिलासँगै गएका छन् । चीनमा कोरोना महामारीका कारण लकडाउन भएकाले दुबई, ग्वान्झाओ हुँदै चीनको सेन्जेन जानेछन् ।

नेता पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार हुनेछ । एक वर्षअघि पनि उनको सोही अस्पतालमा उपचार भएको थियो ।
पुनलाई भेटेका नेताहरुका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर छ । चीनमा उपचार गरेपछि नियन्त्रित अवस्थामा रहेको जण्डिसको मात्रा (बिलरुबिन) अत्याधिक बढेको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com