Yeti Khabar

२०८० मंसिर १७, आईतवार - Sun Dec, 2023 -

नेपालगञ्जमा दिनभरिका लागि कर्फ्यू हट्यो

असोज,१८ काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा गत मंगलबारदेखि लगाइएको कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गर्दै मंगलबार दिउँसो १ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यू आज बिहान ८ बजेदेखि कर्फ्यू हटाइएको बताएको छ ।

आज साँझ ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने फेरि कर्फ्यू लगाइएको छ। कर्फ्यू हटे पनि नेपालगञ्जमा निषेधाज्ञा भने जारी छ।
स्थानीय प्रशासनले कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन गर्न, पोस्टरलगायत प्रचार सामग्री टाँस्न लेख्न नपाइने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँ ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरेको छ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com