Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

माओवादीले २ महिने पार्टी सुदृढीकरण अभियान चलाउने

माघ २१ काठमाडौँ । पार्टीको शनिबार बसेको स्थायी समिति बैठकले फागुन र चैत महिनामा संगठन सुदृढीकरण र विस्तारका लागि अभियान चलाउने निर्णय गरेको छ ।

पार्टीका प्रवक्ता कृष्णबहादुर महराका अनुसार नेताहरु फिल्डमा जाने, सबै कमिटीहरूको बैठकहरू बस्ने र रिपोर्ट तयार गर्ने बैठकले निर्णय गरेको छ ।

चुनावको विषयमा पनि समीक्षा गर्ने बारे ठाउँठाउँमा अन्तर्घात भएकाले जनताकोमा गएर रिपोर्ट तयार गर्ने पनि बैठकले निर्णय गरेको उनले जानकारी दिए ।

उनले भने, ‘सुरुका दिनमा अध्यक्ष र अन्य केही कमरेडहरूले केही प्रस्ताव राख्नुभयो, त्यसको छलफलमा नेताहरूले भाग लिनुभयो । त्यसका आधारमा हामीले विभिन्न समयमा हुने समूहमा होमवर्क गर्‍यौँ ।

२ महिनापछि केन्द्रीय समितिको बैठक बस्ने, सम्पूर्ण निर्णय केन्द्रीय समितिले गर्ने भन्ने निर्णय भयो । माघको २६ गतेदेखि ५ गते भित्रमा हामीले प्रदेश समन्वय समिति इन्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरूको समन्वय समितिको बैठक बस्ने, र त्यसले स्थानीय तहको फिल्डको जिम्मेवारी लिई बुझ्ने निर्णय भएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com