Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

ग्रीसमा आगो निभाउन खटिएको वायुसेनाको विमान दुर्घटना : दुई जना पाइलटको ज्यान गयो

काठमाण्डौ – ग्रीसमा आगलागी नियन्त्रण गर्न र आगो निभाउन प्रयोग भएको वायुसेनाको एउटा विमान दुर्घटना भएको छ ।ग्रीसको रक्षा मन्त्रालयले विमानमा दुई जना पाइलट रहेको र दुवैको ज्यान गएको जनाएको छ ।

ग्रीसकाे फायर सर्भिसका प्रवक्ता यानिस एर्टोपियोसले दुर्घटना इभिया टापुमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।ग्रीसको जंगलमा केही दिनदेखि आगो लागेको छ । आगो फैलिएपछि नियन्त्रणको प्रयास भैरहेको छ।

उच्च गर्मी र डढेलोको कारण ग्रीसमा जनजीवन प्रभावित भएको छ । तीव्र हावाको कारण जङ्गल र वरपरका बस्तीमा डढेलोको जोखिमपछि हजारौँलाई सुरक्षित ठाउँमा सारिएको छ ।

ग्रीसको रोड्स र कोर्फु टापुको जङ्गलमा लागेको डढेलोबाट हजारौँ स्थानीयबासिन्दा र पर्यटकलाई सुरक्षित ठाउँमा सारिएको हो ।ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले आफूहरु आगोको ज्वालासँग युद्धमा रहेकोे बताउनुभएको छ ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ग्रीसले गएको हप्ता मात्रै ३५ हजार हेक्टर वन तथा अन्य जमिन डढेलोका कारण प्रभावित भएको जनाएको छ ।

राजधानी एथेन्समा ४१ डिग्री सेल्सियस र मध्य ग्रीसमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरिएको राष्ट्रिय मौसम पूर्वानुमानकर्ताले जनाएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com