Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

सामुदायिक वनभित्र महिलाको शव फेला

साउन, ३ काठमाडौं । मोरङको बेलबारी नगरपालिका– १० मा पर्ने सिर्जना सामुदायिक वनभित्र महिलाको शव फेला परेको छ । आज दिउँसो निगुरो टिप्न गएका महिलाले अधवैशे महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजन कार्कीका अनुसार शवको पहिचान खुलेको छैन । शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
निलो–सेतो रङ्गको बुट्टे कुर्ता र रातो–कालो धर्का भएको सलवार लगाएको महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com