Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

ट्याङ्की सफा गर्ने क्रममा दुई जनाको मृत्यु

जेठ,२५ काठमाडौं । भरतपुर महानगरपालिका-१९ मा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता नरहरि अधिकारीले दिएको जानकारी अनुसार कपिलबस्तु शिवराज नगरपालिका ९ बस्ने २४ बर्षका छतिराम थारु र उनको नातामा भिनाजु पर्ने २३ बर्षीय राम चौधरीको मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका-१९ तमुटोल बस्ने राम प्यारी गुरुङको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा छतिराम चिप्लिएर सेफ्टी ट्याङ्कीमा खसेपछि राम निकाल्न गएका थिए । उनको पनि डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com