Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

बझाङ भूकम्पः बिहानसम्म ४ रेक्टर स्केलमाथिका ११ वटा पराकम्प

बझाङका विभिन्न स्थानमा केन्द्रविन्दु भएर आज बिहानसम्म ११ पटक भूकम्पको धक्का महशुस भएको छ। मङ्गलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि आज बिहानसम्म ११ वटा पराकम्प महशुस भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोस्रोपटक ३:०६ बजे बझाङको जिल्ला सदरमुकाम चैनपुर भएर ६.३ रेक्टरस्केल, ३:१३ बजे चैनपुर केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केल, ३:४५ बजे सुरमा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

यस्तै ४:२८ बजे तालकोट केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केल, ४:३१ बजे सुवेडा केन्द्रविन्दू भएर ४.३ रेक्टर स्केल, ५:१९ बजे सेली केन्द्रविन्दु भएर ५ रेक्टर स्केल र ५:३८ बजे दामेना केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ।

यसैगरी गएराति १२:१६ बजे दामेना केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केल, १२:५० बजे तालकोट केन्द्रविन्दु भएर ४.३ र आज बिहान ५:४३ बजे चैनपुर केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको गएको छ।

केन्द्रका भूगर्भविद् डा. लोकविजय अधिकारीले नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुन पनि बेला भूकम्प जानसक्ने बताए।

‘विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो ठाउँमा उक्त क्षेत्रमा भूकम्प जान थालेको छ,’ उनले भने।

यसअघि गत कात्तिकमा डोटी केन्द्रविन्दु भएर पाँच दशमलव सात रेक्टरस्केलको भूकम्प गएको थियो। उनले सुदूरपश्चिम क्षेत्रमा अझै केही दिन पराकम्पन आउने बताए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com