Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

चेकको चार्ल्स विश्वविद्यालयमा भएको गोलीकाण्डमा १४ जनाको ज्यान गयो

चेक गणतन्त्रको राजधानी प्रागको चार्ल्स विश्वविद्यालयमा गोली प्रहारबाट कम्तीमा १४ जनाको हत्या भएको छ । गोलीकाण्डमा २५ जनाभन्दा धेरै घाइते भएका छन् । जवाफी कारबाहीमा गोली चलाउने व्यक्तिको ज्यान गएको त्यहाँको सुरक्षा निकायलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनाको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको सुरक्षा अधिकारीले जनाएका छन् । चेकका राष्ट्रपति पेटर पावेलले चार्ल्स विश्वविद्यालयमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताउनुभएको छ । हिजो मात्रै उहाँ पेरिसको दुईदिने भ्रमणमा निस्कनुभएको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com