Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

कुकुर मारेको आरोपमा एक महिला पक्राउ

साउन, १९ काठमाडौं । हँसियाले हानेर कुकुर मारेको आरोपमा तारकेश्वर नगरपालिका ४ कि एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नो छोरालाई कुकुरले टोकेको भन्दै मिलिजुली टोलकी जुना बरालले बुधबार सडक पेटीमा बसिरहेको कुकुरलाई हँसियाले हानेर मारेकी थिइन् । उनले कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो

भिडियो हेरेर पशु अधिकारकर्मी इरफान खान सहितको टोलीले बराल विरुद्ध प्रहरीमा उजुरी दिएको थियो । उजुरीपछि बालाजु प्रहरीले महिलालाई पक्राउ गरि हिरासतमा राखेको ४ नम्बर वडाध्यक्ष नरेन्द्र दास श्रेष्ठले जनाकारी दिए । वडाध्यक्ष श्रेष्ठका अनुसार ४ नम्बरको पुरानो गुहेश्वरी, मिलिजुली टोलमा कुकुरको आतंकले स्थानीयबासिन्दा हैरान छन् । ‘हाम्रोमा त्यो मरेको कुकुरले १० जना जतिलाई टोकिसकेको थियो । हिरासतमा रहेकी महिलाले आफने छोरालाई टोकेपछि मार्दिनु भएछ,’ वडाध्यक्ष श्रेष्ठले भने ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com