Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

दैनिक उपभोग्य वस्तुको मूल्य आकासिँदा उपभोक्ता मारमा

काठमाडौं १ वैशाख नेपाली बजारमा तरकारीको मूल्य आकाशिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्लो १२ दिनको दैनिक मूल्यसूची नियाल्दा तरकारीको मूल्य आकाशिएको हो

गत चैत १८ गते तीन सय रुपैयाँ प्रतिकिलो अधिकतममा विक्री भएको कागतीको मूल्य चैत ३० मा प्रतिकिलो अधिकतम ३७५ रुपैयाँ पुगेको हो।
यस्तै, १५० रुपैंया प्रतिकिलो अधिकतममा विक्री भएको हरियो धनियाको मूल्य चैत ३० मा प्रतिकिलो अधिकतम २०० रुपैयाँ पुगेको छ।

चैत १८ मा १२० रुपैयाँ प्रतिकिलोमा विक्री हुँदै आएको च्याउ कन्यको मूल्य बढेर अधिकतम मूल्य २०० रुपैयाँ पुगेको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ।

यस्तै, व्रोकाउलीको मूल्य पनि बढेको छ। हाल व्रोकाउलीको मूल्य ६५ रुपैंया प्रतिकेजी पुगेको छ। गत १८ चैतमा ब्रोकाउलीको मूल्य प्रति केजी अधिकतम ५५ रुपैयाँ रहेको थियो।

तोरीको सागको पनि मूल्य आकाशिएको छ। समितिकाअनुसार गत चैत १८ मा अधिकतम ५० रुपैयाँ केजी रहेको तोरीको सागको मूल्य बढेर अधिकतम ७० रुपैंया पुगेको छ।

बोडी तनेको मूल्य पनि बढेको छ। चैत १८ मा अधिकतम ६० रुपैयाँ प्रतिकिलो कायम रहेको थियो। समितिको नयाँ मूल्यसूचीअनुसार १२० रुपैयाँ प्रतिकिलो कायम रहेको छ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com